पूर्वमा इन्धन आपूर्तिमा समस्या

नयाँ बुलन्द

झापा : ट्यांकर चालकको आन्दोलनका कारण भारतको सिलिगुडीबाट पेट्रोलियम पदार्थ आयत नहुँदा इलाम सहित पूर्वमा इन्धन आपूर्तिमा समस्या भएको छ ।

बुधबारदेखि इन्धन ढुवानी गर्ने ट्यांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरिएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका हुन् । ट्यांकर चालक तथा सहचालकहरुले उक्त प्रणाली लागू गर्नु एक दिनअघिदेखि नै ढुवानीमा अवरोध गरेका हुन् ।

ढुवानीमा अवरोध गर्दा पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ । चालकहरुले एकपटकमा १०० लिटरभन्दा बढी तेल चोर्ने गरेको पाइएपछि निगमले लकिङ जडान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार