चुम्लुङको लिम्बुवान प्रदेश समिति पनि बन्यो

नयाँ बुलन्द

धरान : आदिवासी लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङले लिम्बुवान प्रदेश समिति समेत गठन गरेको छ ।

सुनसरीको धरानमा बिहीबार राती सम्पन्‍न दशौं राष्ट्रिय महाधिवेशनले  ध्रुवकुमार मेन्याङबोको अध्यक्षतामा लिम्बुवान प्रदेश तदर्थ समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा प्रेमदीप थाम्सुहाङ, मुख्यसचिवमा नरबहादुर चेम्जोङ, सचिव सन्तोष नेम्बाङ र कोषाध्यक्ष विमला पालुङवा चयन भएका छन् ।

सदस्यहरुमा फाल्गुनन्द लिम्बू, मधु केरुङ, मोतीप्रसाद पालुङवा, कृष्ण चोङबाङ, टंकमाया तिगेला, मनकुमार लिम्बू, सन्तोष सेरेङ, पूर्णीमा तिगेला, चन्द्रसिंह नेम्बाङ र सञ्जु मादेन चयन भएका छन् ।

लिम्बुवानका नौ जिल्लाबाट महिला पुरुष समान हुने गरी दुई दुई जना प्रदेश समितिमा रहने व्यवस्था अनुसार खाली रहेका जिल्लाबाट आगामी बैठकले मनोनित गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार