पर्यटकीय पकेट क्षेत्र मानिएको कन्यामलाई व्यवस्थित बनाउन थालियो

सुजता सुनुवार

इलाम : इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र कन्यामलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले सुरु गरेको छ ।

कन्याममा वर्षको बाह्रै महिना आन्तरीक पर्यटक आउने गर्छन् । पिकनिक खाने र फोटो मात्र खिच्नका लागी भए पनि आन्तरिक पर्यटकको घुइचो कहिल्यै नहट्ने क्षेत्रका रुपमा कन्यामलाई लिने गरिन्छ ।

यस क्षेत्रलाई बाह्य पर्यटकका लागी समेत मूख्य क्षेत्र बनाउन इलामको कन्यामलाई थप व्यवस्थीत बनाउने कार्यलाई सुरु गरिएको सुर्योदय नगरपालिकाले जनाएको छ । ्

चालु आर्थिक वर्षमा मात्र कन्याम क्षेत्रको मेची राजमार्ग विस्तार गर्ने, पैदल मार्ग र घोड चडी मार्ग बनाउनका लागि एक करोड ५० लाख लगानी गर्ने योजनाका साथ काम सुरु गरेको नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले कन्याम क्षेत्रमा सडक सुधार, सौन्दर्यीकरण योजना अनुसार रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्ग समेत निर्माण गर्ने योजना रहेको छ ।

यस्तै एक हजार अटाउने सामुदायीक भवन निर्माण, सडक बत्ति, फुड स्टेशन, व्यवस्थीत पार्कीङ स्थल, आकर्षक अर्कीट बगैचा निर्माण गर्ने योजना रहेको नगरपालिकाका प्रशासकिय अधिकृत भट्टराईले बताए ।

यसैगरी पर्यटकका लागि आराम स्थल, सार्वजनिक सौचालय, वाइनाकुलर सहितको दुरदृक्ष्य हेर्ने स्थान समेतको निर्माण गरी पर्यटकिय क्षेत्र कन्यामलाई पर्यटकिय पकेट क्षेत्रका रुपमा व्यवस्थित बनाउन नगरपालिका लागी परेको जनाईएको छ ।

विगतबाटै पर्यटकहरुका लागी व्यवस्थित स्थानको खोजी भइरहेको अवस्थालाई सुधार्नका लागी नगरपालिकाले यस्तोगुरुयोजना बनाई निर्माणको काम शुरु गरेको नगरपालिकका प्रमुख रनबहादुर राईले जानकारी दिए ।

पर्यटकका लागी कन्याममा विविध आकर्षणहरु थपिएपछि इलाम आउने पर्यटकमा वृद्धि हुने निश्चित रहेको नगरपालिका प्रमुख राईको भनाई छ । नगरपालिकाले तीन वर्ष भित्रमा करिब सात करोडको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार