स्थानीय तहको निर्वाचनमा निर्वाचित येक्तेनहरुलाई सम्मान

नयाँ बुलन्द

इालम : स्थाानीय तहको निर्वाचनमा निर्वाचित येक्तेनहरुलाई सम्मान गरिएको छ । येक्तेन महरोहाङ कल्याण समितिले आफ्नो वंशावली विमोचन कार्यक्रमको अवसरमा स्थाानीय तहको निर्वाचनमा निर्वाचित ८ येक्तेनहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा इलामका सात, मोरङका एक र पाँचथरका एक जना रहेका छन् । सम्मानित हुनेमा इलाम नगरपालिका ११ का अध्यक्ष रविन येक्तेन र सदस्य धनमाया येक्तेन, इलाम नगरपालिका १२ का सदस्य नरसिंह येक्तेन, माइ नगरपालिका ३ का अध्यक्ष शेरबहादुर येक्तेन, सुर्योदय नगरपालिका ६ की सदस्य मैया येक्तेन, देउमाइ नगरपालिका ९ का सदस्य हेमराज येक्तेन रहेका छन् ।

त्यस्तै मोरङ उर्लावारी नगरपालिका ६ की सदस्य दुर्गावती मोरोहाङ र पाँचथरको फिदिम नगरपालिका १० की सदस्य विमला येक्तेन (योङहाङ) सम्मानित भएका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार