चितुवाले लखेटेपछि भाग्दै गरेकी एक बालिकाको भिरबाट खसेर ज्यान गयो

बैतडी : चितुवा प्रभावित बैतडीको तल्लो सोराडमा भिरबाट लडेर एक बालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा मेलौली नगरपालिका –८, बिसालपूरकी १३ वर्षीया सरस्वती बिक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । तीन चार जनाको समूहमा रहेका बालिकाहरु चितुवा देखेर भागेको र भाग्ने क्रममा सरस्वतीको ज्यान गएको मेलौली –९, का वडा अध्यक्ष नारद भट्टले बताए ।

स्थानीय शिक्षक निलकण्ठ भट्टका अनुसार चितुवाले लखेट्दा अरुणा भिरमा खसेर घाइते भएकी बिकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा लैजाँदै गर्र्दा बाटोमै ज्यान गएको हो ।

जिल्लाको तल्लो सोराड क्षेत्रमा यसअघि फागुन १६ गते पनि घरभित्र सुतिरहेको बालकलाई चितुवाले घाइते बनाएको थियो । ५ वर्षको अवधिमा मात्रै बैतडिको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट २३ जना ले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार