नयाँ बुलन्द
आमचोक : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ स्थित आमचोकमा आयोजित तीन दिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम शनिबार सकिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फाकफोकथुम ३ आमचोकको आयोजनामा भएको तालिममा २४ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागिहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेका थिए ।
आयोजक नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फाकफोकथुम ३ आमचोकका अध्यक्ष कुलबहादुर थेगिमको अध्यक्षतामा भएको समापन कार्यक्रमका वक्ताहरुले तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिए । कार्यक्रमका प्रशिक्षक योङहाङले तालिममा सिकेका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सुझाव दिए ।
आयोजक नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फाकफोकथुम ३ आमचोकका तर्फबाट पदमकुमार राईले सबैमा धन्यवाद मन्तव्य राखेका थिए । सहभागिका तर्फबाट लक्ष्मण राई र चनमाया मगरले प्रतिक्रिया मन्तव्य राखेका थिए ।
सहभागीहरुलाई सहभागितामूलक विधिबाट प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रम आयोजक नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फाकफोकथुम ३ आमचोकका सचिव श्रीप्रसाद राईले सञ्चालन गरकेा थिए ।