फिदिम नगरपालिकामा सेवा प्रभावित, नगरप्रमुखको जम्भो टोलि भ्रमणको नाममा मोजमस्तीमा

पाँचथर : सबै भन्दा बढी सेवाग्रहीहरुको घुइचो हुँने फिदिम नगरपालिका अहिले सुनसान छ । फिदिम नगरपालिकाका पदाधिकारीहरु सहित कर्मचारीहरु एक हप्ता लामो अध्ययन अवलोकन भ्रमणको नाममा जिल्ला वाहिर निस्केपछि नगरपालिका अहिले सुनसान बनेको हो । नगरपालिकाका सबै पदाधिकारीहरु भ्रमणमा निस्केपछि सेवा प्रवाहमा समस्या आएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृतसहितको कर्मचारीहरु, प्रमुख, उपप्रमुखलगायत नगरकार्यपालिकाका पदाधिकारी र प्रतिनिधिहरु सहित मेयरका सल्लाहकारहरु सहित ३ दर्जन बढीको जम्बो टोलि अध्ययन अवलोकन भ्रमणको नाममा निस्केपछि नगरको सेवा प्रवाहमा समस्या भएको हो ।

फिदिम नगरपालिकाकाले कार्यपालिकाका सदस्यहरु तथा कर्मचारीहरुको उत्कृष्ट नगरपालिकाको एक्पोजर भिजिट भनेर ५ लाख बजेट छुट्याएको थियो । त्यहि बजेट सक्न अहिले मेयर ओनाहाङ नेम्बाङको टोलिलाई भ्याइनभ्याइ छ । ३८ जनाको जम्बो टोलि लिएर फागुन ११ गते निस्केका नेम्बाङको टोलिलाई विभिन्न नाचगाँन गरेरको र सेल्फि खिचेका फोटाहरु सामाजिक सञ्जालमा हाल्न भ्याइ नभ्याई छ यतिखेर । ११ गते निस्केको टोलिले मेची महाकाली सम्मको भ्रमण गरेर फर्कने बताइएको छ ।

सधै जस्तो खचाखच हुने नगरपालिका जनप्रतिनिधि र कर्मचारी अभावमा अहिले सुनसान बनेको हो । नगरपालिकामा कर्मचारी अभावका कारण योजना शाखा, लेखा शाखा, इञ्जिनियरले गर्ने सम्पूर्ण कामहरुसहित जनप्रतिनिधिहरुले गर्ने काम समेत ठप्प भएका छन् । दिनहुँजसो कामका लागि आएका उपभोक्ता समितिका प्रतिनिधिहरु काम नभएपछि निराश भएर फर्कने गरेका छन् ।

नगरपालिकाका एक कर्मचारीका अनुसार जनप्रतिनिधिहरुलाई भेट्न आउने र उहाँहरुबाट हुने काम मात्र रोकिएको र अन्य काम भने नरोकिएको बताए पनि बुधबार मेची पोष्टको टोलि त्यहाँ पुग्दा कार्यालय सुनसान थियो कार्यालयमा भएका कर्मचारी फुर्सदिला समेत देखिन्थे । हाकिम साहेबलाई भेट्न पटक–पटक आए तर भेटिन एक सेवाग्राहिले भने– मेरो काम हाकिम साहेब (प्रशासकिय अधिकृत) संग थियो तर उहाँहरु नभएपछि काम नबन्ला की भन्ने पो भो । नगरपालिकामा विभिन्न योजना लिएर आउनेहरु यसरी रित्तै पर्कीरहेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, लेखा अधिकृत पेम्वा शेर्पा, इन्जिनियर दुर्गा दाहाल, नायव सुव्वा सुरेश सुवेदी मेयरका सल्लाहकारहरु सहितको जम्वो टोलि फागुन ११ गते देखि भ्रमणमा छन् उनिहरु करिव १० दिनको लामो भ्रमणमा निस्केको नरपालिका स्रोतले जनाएको छ ।

उनिहरु दिनहुँ जसो नाचगान र सेल्फि फोटोहरु सामाजिक संजालमा हालेर रमाइ रहेका भन्दै वरु जनतावाट उठाएको करले केहि सामाजिक कार्य गरेको भए राम्रो हुने वताउँछन् नगरवासिहरु । जनताको नाममा ढाड सेकिने गरी करको दायरा वढाएर उठेको रमलाइ यसरी भ्रमणका नाममा दुरुपयोग हुनुलाई नगरवासिहरुले दुखद पक्ष भएको वताउँदै आएका छन् । नगरपालिकामा कामको चाप थुप्रै छ कतिपय कामहरु प्राथमिकताको सूचिमा छन् । यहाँ कुनै व्यवस्थापन समेत नगरी यति लामो समय सम्म हाकीम सहितको टोलि वाहिर निस्केपछि हाम्रो काम पनि गफै गरेर वस्ने वाहेक केहि छैन एक कर्मचारीले भने ।

फिदिम नगरपालिकाले चर्को कर अशुलेको विषयमा नगरबासीले आन्दोलन गरीरहदाँ त्यहि करको दुरुपयोग गर्दै जम्भो टोलिको तमासा देखि नगरबासीलाई नैरास्यता छाएको छ ।

फिदिम नगरपालिका भित्रै पनि विभिन्न विकट क्षेत्र वडा नम्बर १३ को लुङरुपा, १० को याङनाम, ९ को लुम्फाबुङ लगायतमा त्यहाँका लक्षित वर्गहरुका आर्थिक, सामाजिक क्षेत्रमा लगानि गर्नु पर्ने बताउँछन् नगरबासी । यसरी जम्वो टोली लिएर जानुको सट्टा गाँउ गाँउ गएर जनताका गुनासा सुनेको भए त्यसलाई व्यवहारमा कार्यान्वयनमा सहजता आउने साथै आम नागरिकको मन जित्न सहयोगी हुने सरोकारवालाहरु बताउँछन् ।

मेचीपोष्टबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार