नयाँ बुलन्द
इलाम : इलामको तिल्केनी क्षेत्रमा पानी नआएको गुनासो सर्वसाधारणबाट आएपछि कर्मचारी र जनप्रतिनिधिप्रति निगरानी राख्दै नयाँ बुलन्द डटकमले मंगलबार बेलुका र चियाबारी दैनिकले बुधबार समाचार प्रकाशन गरेको थियो । कडा शब्द प्रयोग गरेर समाचार प्रकाशन गरेपछि सो क्षेत्रमा बुधबार साँझबाट पानी आउन थालेको हो ।
‘इलाम नगरपालिकाको मनपरी, पहुँचको भरमा पानी वितरण’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यस पश्चात धारामा पानी झर्न थालेको छ । तर कतै अझैपनि दिनमा दुई पटक त कतै दुई दिनमा एक पटक पानी आइरहेको छ । किन यस्तो मनपरी भइरहेको छ ।
हाम्रो अभियान जारी छ । पाठक वर्गमा जानकारी गराउन आग्रह गर्छौँ कि तपाईको क्षेत्रमा कुन समयमा कति पटक पानी आउँछ ? नयाँ बुलन्द डटकम र चियाबारी दैनिकलाई जानकारी गराउन आग्रह गर्दछौँ ।
कतै पानीको पाइप फुटेर सडक र नालीमा पानी बगेर खेर गइरहँदा समेत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी देखेको नदेखेई भएर हिँडिरहेका छन् । त्यस्तो तस्विर र भिडियो समेत तपाइँहरुसँग छ भने हामीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ ।
अनी पानी नआएका दिन कर्मचारीलाई जानकारी गराउँदा कस्तो प्रतिक्रिया जनाउँछन् त्यसबारे समेत हामीलाई जानकारी गराईदिनुहुन अनुरोध गर्दछौँ ।