अरिङ्गाल झार्ने क्रममा लडेर ज्यान गयो

नयाँ बुलन्द

इलाम : अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर इलामको माइजोगमाईमा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा माईजोगमाई गाउँपालिका ४ सिम्लेकी ३० वर्षीया दिलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मंगरबार राती करिब साढे १० बजे अरिङगल झार्न खिर्राको रुख चढेकी दिलमायालाई अरिङगालले टोकेपछि रुखबाट लडेर घटनास्थलमै ज्यान गएको प्रहीले जनाएको छ ।  दिलमाया छोरा र छिमेकी सहित चार जना घरनजिकै खिर्रामा रहको अरिङगाल झार्न गएका थिए ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय नयाँबजारबाट प्रहरी नायब निरिक्षकको टोलि खटाइ अनुसन्धान भएरहेको जनाइएको छ ।

त्यसैगरी माईजोगमाई ६ की एक महिलाको आगो ताप्‍न क्रममा जेलर ज्यान गएको छ ।

सोमबार साँझ ६ बजे माइजोगमाई ६ की ५५ वर्षीया नीरकुमारीलाई राई आफ्नै घरको भान्छामा आगो ताप्‍ने क्रममा लडेर आगोले पोलेको थियो ।

आगोले पोलेर गम्भीर घाईते भएकी राईको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार