दृष्टिविहीनलाई कम्प्यूटर

नयाँ बुलन्द

पाँचथर : कान्तिपुरमा छापिएको समाचार पढेपछि राउण्ड टेवल नामक संस्थाले पाँचथर सदरमुकाम फिदिमस्थित गढी माविमा अध्यायनरत दृष्टिविहीन विद्यार्थीका लागि कम्प्यूटर लगायत पाठय सामाग्री उपलब्ध गराएको छ । यी उपकरण कान्तिपुरमार्फत हस्तान्तरण गरिएको हो ।

दृष्टिविहीन विद्यार्थीलाई पाठयक्रम र पाठयसामाग्री अभावले पठनपाठनमा समस्या परेको समाचार कान्तिपुरमा छापिएपछि काठमाण्डौका व्यापारी, समाजसेवी विकास अग्रवालमार्फत राउण्ड टेवल संस्थाले कम्प्यूटर उपकरणसहित पाठयसामाग्री प्रदान गरेको हो । फिदिम नगरपालिका–४स्थित गढीमाविमा अध्यायनरत विद्यार्थीलाई ब्रेल टाइपराइटर, डेस्क टप कम्प्यूटर २ थान, टकिङ वाच (बोल्ने घडी), टकिङ क्याल्कुलेटर (बोल्ने क्याल्कुलेटर), कक्षा ३ देखि १०सम्मको पाठयक्रम, पाठयपुस्तक रेकर्ड गरिएको डिजिटल पाठयसामाग्री, पेनड्राइभ, रेडियो सेट, स्लेट, स्टाइलस, ब्रेल पेपर, सप्mटवेयर लगायत उपकरण प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मानध्वज थाम्सुहाङले बताए ।

संस्थाले उपलब्ध गराएको कम्प्यूटर उपकरण सोमबार हस्तान्तरण गर्दै पाँचथरका जिल्ला शिक्षा अधिकारी वीर बहादुर खडकाले सरकारी निकायवाट दृष्टिविहीन असहायलाई निःशुल्क शिक्षा दिने कानुनी व्यवस्था गरेपनि व्यावहारिक रुपमा सेवा प्रवाह हुन नसकेको बताए ।

नेपालमा व्यापार व्यावसाय गरेर समाजसेवा गर्ने मनकारी भावना भएका मारवाडी समुदायद्वारा स्थापित राउण्ड टेवल संस्थामार्फत व्यापारी विकास अग्रवालले विद्यालयको निम्ति आवश्यक महत्वपूर्ण शैक्षिक सामाग्री उपलब्ध भएकोमा हर्षित भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष उपेन्द्र लावतीले बताए ।

दृष्टिविहीन विद्यालय र बालबालिकाको समस्या वारे कान्तिपुरमा विभिन्न समयमा नियमित समाचार छापिएपछि दृष्टिविहीनले चलाउन सक्ने कम्प्यूटर उपकरण, सप्mटवेयर र ब्रेलटाइपराइटर लगायत करिब तीन लाख ५० हजार रुपैंयाँ बराबरको सामाग्री प्राप्त भएको प्रधानाध्यापक थाम्सुहाङले बताए ।यो विद्यालयमा १ देखि १० कक्षासम्म ९ जना महिला र ७ जना पुरुष गरी १६ जना दृष्टिविहीन अध्यायनरत छन् ।

‘आँखाले नदेखेपनि अब क्याल्कुलेटर थिचेर गणित पढ्न र पढाउन सक्छौं,’ दृष्टिविहीन शिक्षक प्रदिप लिङदेनले भने –‘यो विना पढन पढाउन निकै गाह्रो थियो ।’ यही विद्यालयवाट एसएलसी प्रवेशिका तह उतिर्ण गरी पाँचथर क्याम्पसवाट कक्षा १२ र स्नातक तह पूरा गरेका लिङदेनएक वर्षदेखि अस्थायी शिक्षक दरबन्दीमा कार्यरत हुन् ।उनीसँगै लिङदेनकै गुरु कृष्णप्रशाद चेम्जोङ पनि चार वर्षदेखि यही विद्यालयमा कार्यरत छन् । दुवै जना कम्प्युटरका पारखी छन् ।

पूर्वी पहाडमा संचािलत एक मात्र दृष्टिविहीन विद्यालयमा अध्यायनरत दृष्टिविहीन बालबालिकाको पठनपाठन सहज बनाउनका लागि रेकर्ड गरिएको पाठयपुस्तकको पाठहरु सुनेर जान्ने, क्याल्कुलेटर थिचेर गणित विषयकोहिसाव गर्ने र बोल्ने घडीको बटम थिचेर समय पत्ता लगाउन प्राप्त उपकरणले सहज बनेको शिक्षक प्रदिप लिङदेनले बताए । उनलेविगतमा यस्ता सामाग्री नहुदा आपूmलाई पढन असहज भएको स्मरण गर्दै अत्याधुनिक उपकरणले दृष्टिविहीनलाई निकै सहज भएको बताए ।दृष्टिविहीन वालबालिकाले विद्युतीय उपकरण डिजिटल प्रविधिमार्फत पठनपाठन सहज भएकोले सहयोगीप्रति कृतज्ञता व्याक्त गरेका छन् । पठनपाठनको लागि थप सहजताको निम्ति विद्यालयलाई आवश्यक ब्रेल प्रिन्टर मेसिन यही संस्थामार्फत समाजसेवी विकास अग्रवालले प्रदानगर्ने बचन दिएकोले थप आशावादी रहेको प्रधानाध्यापक थाम्सुहाङले बताए ।

दृष्टिविहीनका लागि कम्प्यूटर उपकरण प्रदान गर्ने विकाश अग्रवाल, उनी सम्वद्ध संस्था राउण्ड टेबल नेपाल, यसअघि जाडोमा न्यानोको लागि ज्याकेट र ब्रेल पेपर सहयोग गर्ने शालिग्राम दाहाललाई विद्यालयले सम्मान पत्र प्रदान गरेको छ । दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका पाठयपुस्तक, विषयगत पाठहरुको अडियो पेपर, स्टाइलस, स्लेट जस्ता पाठयसामाग्री बजारमा उपलब्ध नहुदा पठनपाठनमा भइरहेको कठिनाइ अव सहज भएको दृष्टिविहीन शिक्षककृष्णप्रसाद चेम्जोङले बताए ।उनले प्राथमिक तहमाब्रेल लिपिबाट प्रारम्भिक ज्ञान हासिल गरेपनि माथिल्लो कक्षामा ब्रेल लिपिको पाठयसााग्री, अडियो उपलब्ध नहुदा कठिनाइ भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार