धार्मिक पर्यटन पुर्वाधार निमार्ण गर्न पुराण

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका-५ ओख्रेमा रेहेको श्रीकृष्ण प्रणामी सेवाकुञ्‍ज मन्दिरमा आइतबारदेखि संचालन हुन लागेको श्रीमद देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको उद्घाटन भएको छ ।

उद्घाटनको अवसरमा कलस यात्रा, धार्मिक झाँकी प्रदर्शन भएको थियो । उदघाटन कार्यक्रम इलाम नगरपालिकाका प्रमुख महेश प्रमुख आतिथ्यता र तिर्थराज पौडेलको अध्यक्षतामा भएको थियो ।

श्रीकृष्ण प्रणामी सेवाकुञ्जका संस्थापक संरक्षक डाक्टर तिलक चैतन्य, इनपा ५ का वडाध्क्ष ठाकुर नारायण श्रेष्ठ, श्रीकृष्ण प्रणामी युवा परिषद इलामकी रिना घिमिरे, विष्णु घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

मन्दिरको मर्मत सुधार, देवी देवताको मुर्ती निमार्ण, पोखरी निमार्ण गरी धार्मिक पर्यटकीय स्थान बनाउने उदेश्यले महायज्ञको आयोजना गरिएको आयोजकका सचिव प्रेम सुब्बाले  जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार