फाल्गुनन्दको पाङग्रेभीरमा सवारी दुर्घटना, १ को ज्यान गयो

नयाँ बुलन्द

पाँचथर : मेची लोकमार्ग अन्तरगत पाँचथरको फाल्गुनन्द ३ पाङ्ग्रेभिरमा गएराति सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी फाल्गुनन्द २ की ५० वर्षीया लालमाया चेम्जोङको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले पाँचथरले जनाएको छ ।

अन्दाजी राति साढे ९ बजे झापाको विर्तामोडबाट पाँचथरको इम्बुङतर्फ जाँदै गरेको मे १ ज २७९३ नम्बरको बोलेरो जिप र फिदिमबाट राँके आउँदै गरेको मे १ ज ३५५३ नम्बरको ट्याक्टर ठोक्किदा बोलेरोमा सवार चेम्जोङको घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विर्तामोड पठाइएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख प्रेमकुमार शाहले जानकारी दिए । दुइओटै सवारी भीरबाट खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार