जेसीभी बोकेको ट्रक इलाममा दुर्घटना, १ घाईते

नयाँ बुलन्द

इलाम : जेसीभी बोकेको ट्रक शुक्रबार विहान इलामको माइखोलामा दुर्घटना हुँदा एक जना घाईते छन् । फिक्कलबाट इलाम सदरमुकाम आउँदै गरेको ना ३ ख ७१९६ नम्बरको जेसिभि बोकेको ट्रक दुर्घटना हुँदा नाम नखुलेका चालक घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जनाएको छ । जिल्लाको इलाम नगरपालिका ९ माईखोला छेउमा ब्रेकफेल भई दुर्घटना हुदाँ ट्रक बाटोमानै पल्टिएको हो । दुर्घट्नामा पारी घाईते भएका गाडी चालकको जिल्ला आस्पातल इलाममा उपचार भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार