फोरम सरकारमा सहभागिताको संकेतसँगै राजपामा छटपटी

काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केपी ओलीको नेतृत्वको सरकारमा   समावेश हुने विषयमा छलफल अघिबढिरहेको थाहा भएको छ।  मधेस आन्दोलनको समयमा सम्विधान संशोधनका विषयमा   उठेका मुद्दाहरु, माग, सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा ओली सरकार सहमत भएमा सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल सहभागी हुने संकेत दिएको थाहा भएको छ।

सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुनका लागि उपप्रधानमन्त्रीका साथै रोजेको राम्रो मन्त्रालय पाउनु पर्ने दावी रहेको थाहा भएको छ। सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र फोरमबीच औपचारिक छलफल पनि सुरु भएको छ। फागुन ९ गते दुवै दलका नेताहरुबीच छलफल भएको थियो। सङ्घीय समाजवादी फोरम नेपालले संविधान संशोधनको बारेमा एमालेको धारणा स्पष्ट हुनु पर्नेसर्त राखेको थाहा भएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने बारेमा एमालेसंग वार्ता सुरु गरेपछि फोरमको गठबन्धनमा  रहेको अर्को मधेसवादी दल राजपा भने अहिले अलमलमा परेको थाहा भएको छ। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो गठबन्धन मित्र राजपालाई मतलव नै  नगरीसरकारमा सहभागी हुने बारेमा छलफल सुरु गरेकोमा धोकाको रुपमा चर्चा गर्न थालिएको छ। उपेन्द्र यादवको केपी ओलीसंगको निकटताले गर्दा राजपाभित्र छटपटीका साथै  उससँगको  कार्यगत एकता अब उप्रान्त टुट्ने चर्चा सुरु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार