नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाकास्थित दुई विद्यालयमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ।
माइजोगमाई गाउँपालिका १ नयाँबजारस्थित अमर कल्याण माविमा र नामसालिङ्ग माविमा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको हो । अमर कल्याण माविमा विमा सुजन राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा अनुष्का तामाङ, सचिव अञ्जली खँड्का, सहसचिवहरु कुशल राई , इन्द्र सुवेदी र अनुष्का मगर तथा कोषाध्यक्षमा कबिता रसाइली चयन भएका छन् ।
सदस्यहरु मुना केरुङ, बिमला महत, पुष्पा राई, पसाङ तामाङ, अस्मिता भट्टराई, ममता सुवेदी, प्रदिप नेपाल लगायत चयन भएका छन् ।
त्यस्तै माइजोगमाई ३ स्थित नामसालिङ्ग माविमा एञ्जिला थापाको अध्यक्षतामा कमिटी गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा झलनाथ अधिकारी, सचिव सुजन कठेत, सहसचिवहरु अनुप महत, कबिता बास्तोला, सृजना अधिकारी र कोषाध्यक्षमा एलिस सुवेदी रहेका छन् । सदस्यहरु सुमित प्रधान, मन्दिप राई, सृजना घिमिरे लगायतको २१ सदस्यीय कमिटी बनाइएको छ ।
कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरु मानबहादुर गुरुङ, सञ्जिब थामी अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी इलामका क्याम्पस कमिटी सदस्य सनम राई लगायतको उपस्थितिमा सम्पन्न भएको डम्बर निरौलाले नयाँ बुलन्दलाई जानकारी दिए ।






















































