विद्यार्थीको प्रश्न, प्रधानाध्यापकको प्रतिवद्धता

नयाँ बुलन्द

इलाम : सधैंजसो शिक्षकहरुले प्रश्न सोध्ने पाठशालामा हिजो भने शिक्षकहरुलाई नै प्रश्न सोधियो । प्रश्न सोध्ने संयोग विद्यालयले नभएर आदर्श माध्यमिक विद्यालयका अनेरास्ववियुले जुराएको थियो ।

शैक्षिक बहसको माध्यमबाट शैक्षिक क्षेत्रका सरोकारवालारुलाई जवाफदेयी बनाउदै, आगामी दिनमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा अनेरास्ववियु आदर्श मावि प्रारम्भिक कमिटीले आयोजना गरेको कार्यक्रममा पाँचवटै संकायका विद्यार्थीहरुको प्रतिनिधिमुलक सहभागितामा थियो ।

मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापन, विज्ञान शिक्षाका विद्यार्थीहरुले विद्यालयमा धेरै समस्या उत्पन्न भएको भएपनि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले ध्यान नपुर्याएको बताएका छन् । विद्यालयका विद्यार्थीहरु क्रमशः धिरेन कोइराला, दिपेन राई, सञ्जिव राई, गौरव खनालले विद्यालयका मुख्य समस्या पानिको अभाव रहेको र यसको कारणले गर्दा पिउने पानि अभाव, प्रयोगशाला सञ्चालन, शौचालयको प्रयोग, धुलो नियन्त्रण जस्ता कुराहरुमा समस्या उत्पन्न हुृनाले पठन–पाठनमानै समस्या हुने गरेको कुरामा जोड दिएका छन् ।

त्यस्तै कक्षामा धेरै जसो शिक्षकहरु ढिला उपस्थित हुने र विद्यार्थी, शिक्षक दुवैले मोबाइलको जथाभावी प्रयोग गर्ने जस्ता समस्याले समेत पठन–पाठनमा समस्या उत्पन्न भएको उनिहरुले बताएका हुन् ।

शिक्षा संकायका विद्यार्थी सजिता राईले शौचालयको ढोका लामो समयदेखि भत्किएको र महिला विद्यार्थीहरुलाई प्राकृतिक रुपमा नै आइपर्ने समस्या (रजस्वला)को समयमा आवश्यक पर्ने प्याड र सरसफाइ सामाग्री नहुनाले पठन–पाठनमा समस्या आइपर्ने गरेको बताइन् ।

त्यस्तै कक्षा ११ विज्ञानका विद्यार्थी आदित्य गौतमले ५५ जना विद्यार्थीहरु हुदा समेत विज्ञान विषयको सेक्सन ब्रेक नभएको, बायोलोजीको प्रयोगात्मक कार्य कपिमात्र बाडिएको र उक्त कपि पनि एक प्रति मात्र हुनाले समस्या उत्पन्न भएको, विद्यालय आसपासमा जंगफुड, धुम्रपानजन्य सामाग्री बिक्रि हुने गरेको कुरा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । अर्का विद्यार्थी सरस्वति भट्ट्राईले कक्षा कोठा र शौचालयमा सरसफाइ नहुँदा दिन दिनै विद्यालयको बातावरण प्रदुषित र दुगन्धित बन्दै गएकोले नियमित सरसफाइ साथै आन्तरिक परिक्षाको नतिजा लामो समय सम्म प्रकाशन नहुनाले आफुलाई कसरी मापन गर्ने भन्ने कसि नभएकोले नियमित आन्तरिक परिक्षाका साथै चाडो नतिजा प्रकाशनको व्यवस्था गरिनु पर्ने बताएका छन ।

त्यस्तै कक्षा ११ का विद्यार्थी बद्रीनाथ भट्टराईले बिद्यालयमा शैक्षिक पात्रो र आचार सँहिता कार्यन्वयन हुन नसक्नु ज्यादै दुःखद भएको बताउदै विद्यार्थीहरुको खेलकुद, स्वागत कार्यक्रमका लागि लिइएको शुल्क विद्यालयमा काहाँ जाने गरेको छ आफुहरुलाई थाहा नभएको बताएका छन ।

व्द्यिालयमा प्रोजेक्टरद्धारा पठन–पाठन गरिने भनिएता पनि हाल सम्म हुन नसकेको विद्यालयको अवस्था झन–झन अस्तव्यस्त हुदै गएको प्रति समेत विद्यार्थीहरुले ध्यान केन्द्रित गरेको छन् ।

कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षकहरुको तर्फबाट बेदप्रसाद काफ्लेले मासिक रुपमा हुने शिक्षक, स्टाफ बैठक २०६२ सालदेखि हुन छोडेको र अनुभव र विद्यालयको विभिन्न विषयहरु आदानप्रदान हुने बातावरण रोकिएको र शिक्षकहरुलाई संकाय अनुसार जिम्मेवारी नदिनाले समेत थप समस्याहरु उत्पन्न हुदै गएकोले यसमा सुधार ल्याउने पर्ने कुरमा जोड दिएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष एवम विज्ञान विषयको तर्फबाट सम्बोधन गर्दै लाल बहादुर थाम्सुहाङ विज्ञान संकायमा आएको समस्या विद्यालय प्रशासन र व्यवस्थापन समितिको पहल कदमीमा समाधान गर्दै अतिरिक्त कक्षा लगायत सेवा सुविधा थपिनु पर्ने बताएका छन् ।

विद्यालयका प्रधानध्यापक कुमार पौडेलले विद्यालयमा धेरै समस्या रहेको र आगामि दिनहरुमा यस्ता समस्याहरु हल गर्ने प्रतिवद्धता सहित रचनात्मक कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु आदर्श मावि प्रारम्भिक कमिटीकी अध्यक्ष रश्मी राइले गरेकी थिइन् । प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य रविन्द्र सुवेदी, विशेष अतिथि जिल्ला अध्यक्ष इश्वरी तामाङले कार्यक्रमले विद्यालयको शैक्षिक प्रशासन र विद्यालय प्रशासनलाई खबरदारी गर्दै जवाफदेयी बनाएको र विद्यार्थीहरुलाई आफ्नो समस्या, जिज्ञासा राख्ने फोरम उपलब्ध गराएको बताएका थिए ।

कार्र्यक्रममा अन्य अतिथिहरुमा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष प्रबेश पराजुली, सह–सचिव मिलन खत्री, सदस्य सचिन जङ्ग रायमाझीको लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार