शहिद परिवारका बालबालिकाले निःशुल्क अध्यन गर्न पाउने

नयाँ बुलन्द

धनुषा : प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब निःशुल्क अध्यन गर्न पाउने भएको छ । नीजि विद्यालय संगठन मधेश प्यावसन धनुषाको सोमवार बसेको बैठकले मधेश आन्दोलनको क्रममा शहिद भएकाहरुको बालबालिकालाई निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ ।

मधेश प्यावसन अन्तर्गतका कुनै पनि विद्यालयमा शहिद परिवारका ती बालबालिकाहरुले नामांकन गराई निःशुल्क अध्यन गर्न पाउने मधेश प्यावसन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिएका छन ।

शहिदहरुको सम्मानमा मधेश प्यावसन धनुषाको बैठकबाट यो निर्णय गरिएको मधेश प्यावसन धनुषाका सचिव मो.फजले राईनले जानकारी दिएका छन । नव गठित मधेश प्यावसन धनुषाको पहिलो बैठकबाट नै गरिएको यो निर्णय प्रशंसनीय रहेको शिक्षाप्रेमीहरुले प्रतिक्रिया दिएका छन । मधेश प्यावसन धनुषामा ३५ विद्यालय आवद्ध रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार