नयाँ बुलन्द
इलाम : गरिफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताहरुको रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको कारण इलाम जनजीवन प्रभावित बनेको छ ।
बन्दको कारण मंगलबार विहानैदेखि इलामसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन सबै बन्द रहेका छन् । शिक्षण संस्थाहरु बन्द छन् ।
पत्रकार, मानवअधिकार, कुटनितिक नियोग, एम्बुलेन्स, शववाहन, दमकल, दूधको गाडी लगायतलाई भने निर्वाध रुपमा सञ्चालन हुन दिईएको नेकपाका दिपेन राईले जानकारी दिए ।
आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको आरोप लागाउँदै गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गगरेको छ ।उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् ।
राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) पीबीएम पदम राई लगायत दुई सय बढी नेताकार्यकर्ताहरु गिरफ्तार परेपछि महासचिव विप्लवले त्यसको कडा शब्दमा निन्दा गरेका छन् ।
‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।’ महासचिवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
ओलीको सरकारी काम नै जनता र पार्टीमाथि दमन गर्नु भएको सन्देश बिराटनगर घटनाले प्रष्ट पारेको उनको भनाई छ । नैतिकताहिन धरपकड रोकेर र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शत मुक्त गर्न महासचिव विप्लवले चेतावनी दिएका छन् ।
‘आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।’ उनले भनेका छन् ।