इलाम : जिल्ला वसोवास तथा ब्ष्वस्थापन समितिको अध्यक्षमा मनोनित होम दुलालले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् । गत माघ २६ गते वसेको मन्त्री परिषदको निर्णयबाट जिल्ला अध्यक्षमा चयन भएका दुलालले कार्यालयमा एक कार्यक्रम विच पदबहाली गरेका हुन् ।
समितिको अवधी दुई वर्ष रहे पनि १० महिना अध्यक्ष चयन नभएकाले खासै काम भएको छैन । जिल्ला मालपोत कार्यालय सँगै भदौ ६ गते ब्यवस्थापन समितिको कार्यालय स्थापना भइ सकेको छ ।
यस समितिले सरकारी, सार्वजनिक र गुठस्को जग्गा अतिक्रमण गरि वसेका भूमिहिन, सुकुम्वासी, अतिक्रमित लगाय तलाई ब्यवस्थित गर्ने ऐनमा उल्लेख छ । साथै भूमिहिन सम्वन्धी यस अगाडी आयोगमा पठाइएका निर्णयहरुलाई शंसोदनका लागि समेत नव गठित समितिले सिफरिस गर्न सक्ने वताइएको छ ।
समिति इलाम सहित देशका ३२ जिल्लामा गठन भइसकेको छ । जिल्ला स्थित समितिमा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको सरकारी अधिकृत सदस्य, स्थानिय विकास अधिकारी वन कार्यालयका प्रमुख लगायतको ८ सदस्यीस समिति माथीबाट नै तोकिएर पठाइएको छ ।
एक महिला सहित तीन सदस्य अध्यक्षले तोक्न पाउने प्रावधान छ । पदबहाली ग्रहण पछि दुलालले ऐन अनुसार अघि वढ्ने वताए । उनले कसैप्रति आग्रह र पूर्वाग्रहका हिसावले नहेर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।