चितुवा आतंकले स्थानीय त्रसित

खोटाङ : लामो समयदेखि खोटाङको दक्षिणी क्षेत्रमा चितुवा आतंक बढेको छ  । जन्तेढुङगा गाउँपालिका–४, डम्बर्खुशिवालयमा चितुवा आतंक बढेको हो । चितुवा आतङ्क बढेसँगै स्थानीयवासी त्रसित बनेका छन् ।

चितुवाले शुक्रबार राति डम्बर्खुशिवालयस्थित कात्तिकेका स्थानीय गणेश चौलागाँईको खसी मारेको छ । खसी बाख्रा कराएपछि खोरमा हेर्न जाँदा चितुवाले खसी बाख्रा मार्दै गरेको अवस्थामा भेटेको चौलागाँईले बताए ।

त्यस क्षेत्रमा चितुवाले स्थानीयका खसी बाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतङकित ंबन्दै छन् । केही समयअघि मात्र डम्बर्खुशिवालय–४ का स्थानीय केदार रोईलाका पाँच वटा खसी बाख्रा चितुवाले खाएको थियो ।

यस्तै, रत्नबहादुर राई र मान बहादुर रोईलाको पनि खसी बाख्रा  चितुवाले खाएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार