जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

राम योङहाङ

इलाम : जिल्ला प्रहरी कार्यालय इलामको नवनिर्मित भवनको उद्घाटन भएकोछ छ । बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरे ।

नेपाल सरकारको तीन करोड ८७ लाख ९१ हजार आठ सय नौ रुपैयाँको लागतमा निर्माण भएको भवनमा साना ठूला गरी २२ वटा कोठाहरु रहेका छन् । आर्थिक वर्ष २०७२।०७३ देखि पहिलो चरणमा निर्माण सुरु गरिएको भवन हालै निर्माण सम्पन्न भएको थियो ।

पहिलो चरण अन्तरगत निर्माण भएको भवनलाई देशकै उत्कृष्ट भवनको रुपमा लिईएको छ । नेपाल सरकारले लागू गरेको भवन आचार संहितालाई पालना गर्दै निर्माण गरिएको सो भवनले भुकम्पीय जोखिमलाई समेत न्युनिकरण गर्ने क्षमताको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक विपीनकुमार कर्माचार्यले बताए ।

नवनिर्मित पहिलो तलामा अपराध अनुसन्धान शाखा, अन्तरवार्ता कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी कन्ट्रोल रुम, बालमैत्री कक्षजस्ता बढी जनसम्पर्क हुने शाखाहरु रहेका छन् ।

त्यस्तै कार्यालय प्रमुख कक्ष, भेटघाट कक्ष, अप्रेशन कक्ष, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानबिन शाखा, प्रहरी नायव उपरिक्षक कक्ष र समिकक्षालय दोस्रो तलामा रहेका छन् । योजना अन्वेशन शाखा, विश्लेषण शाखा, प्रहरी निरीक्षक कक्ष, कम्प्यूटर कक्ष, प्रबन्ध शाखा, सञ्चार शाखा र सञ्चार ब्यारेक पनि दोस्रो तलामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामको पुरानो भवन साँगुरो र जीर्ण बन्दै गईरहेको अवस्थामा नयाँ भवन निर्माण भएपछि कार्यसञ्चालन र सेवा प्रवाहमा समेत प्रभावकारी बन्ने प्रहरी उपरिक्षक कर्माचार्यको भनाई छ ।

दोस्रो चरण अन्तरगत जिल्ला प्रहरी कार्यालयको अर्को भवन निर्माणको क्रममा रहेको समेत कर्माचायले जानकारी दिए । ब्यारेक र भान्साघर प्रयोजनका लागि चार करोड पाँच लाख ९० हजार आठ सय ३९ रुपैयाँको लागत अनुमान तयार गारि बोलपत्र आहवान भई ठेक्का सम्झौता हुने क्रममा रहेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरिक्षक प्रकाश अर्याल ।

जनताको आस्था नै मूलधन

प्रहरी महानिररिक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन रहेको बताउँदै यसलाई अक्षयकोषको रुपमा संरक्षण गर्नुपर्ने धारणा राखे ।
इलाममा निर्मित जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरिक्षक अर्यालले प्रहरी कर्मचारीले समयसमयमा गर्ने गैरवयवसायिक क्रियाकलापले संगठनको शाख र जनताको जिश्वासमा धक्का लागेको स्वीकार गर्दै यस्ता कर्मचारी र प्रहरीलाई कारवाही गर्नमा कुनै कसुर बाँकी नराखिने बताए ।

७२ हजारको प्हरी स्रगठनमा रहेका नराम्राहरुलाई हेरेर प्रहरी संगठनको मुल्याङ्कन नगरीदिन आग्रह गरे । उनले देशमा शान्ति सुरक्षा कायम गर्छु भनी जिम्मेवारी लिएका प्रहरीहरुले इमान्दार भएर कार्यसम्पादन गर्न निर्देशन समेत दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार