इलाममा स्थानीयको पहलमा निर्माण गरिएको मन्दिरको उद्घाटन

सुजता सुनुवार

इलाम : महाशिवरात्रीको अवसर पारेर इलामको फाकफोकथुम गाऊपालिका ६ एकतप्पास्थित श्री पञ्चेश्वर मन्दिरको पुजापाठ गरी उद्घाटन गरिएको छ ।

स्थानियको पहलमा तीन लाख ४३ हजार ३१३ को लागतमा निर्माण गरिएको मन्दिर मंगलबार उद्घाटन गरिएको हो ।

गाऊमा शिवालय मन्दिर नहुदा स्थानिय महिलाहरुलाई पुजापाठ गर्न टाडा जानु पर्ने बाध्यता भएकाले मन्दिर निर्माण गरिएको श्री पञ्चेश्वर मन्दिर निर्माण समितिका सदस्य तेजबहादुर सिवाकोटीले जानकारी दिए । उनका अनुसार सो गाऊपालिकाका ६ वटै वडाका महिलाहरु लाभान्वित हुने भएका छन् ।

मन्दिरका लागी वडा नम्बर ६ का वडाध्यक्ष डिकबहादुर थापाले निशुल्क जग्गा उपलब्ध गराएका थिए ।  सो गाउँपालिकाका १४३ घरधुरी मिलेर श्रमदान गरी मन्दिर निर्माण गरिएको बताइएको छ ।

निर्माण समितिका अध्यक्ष मन बहादुर थापाको अध्यक्षतमा गाऊपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले रिबन काटेर मन्दिरको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार