साहारा नपाएपछि आँखा गुमाउन बाध्य छन् ११ वर्षीय रोक्का

नयाँ बुलन्द

प्युठान : गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्ने,जनतालाई स्वास्थ सुविधा दिने,समावेशी व्यवहार गर्ने आदि आश्वासन सहित राजनीतिक होटबाजीको एजेन्डाले अघि बढेको हाम्रो देश अझै इथोपिया र सोमालियाका जनताको अवस्था भन्दा गएगुज्रिएको देखिन्छ ।

आश्चर्यलाग्न सक्छ आँखा फुटेको २ बर्ष पुग्न लाग्दा पनि उनको उपचार गर्नमा कसैको ध्यान पुग्न सकेको छैन। प्रदेश न.-५ अन्तर्गत प्युठान,नौबहिनी गाउँपालिका- ४, झरिबङ्ग निबासी बुबा तोपे र आमा दुर्गा रोक्काको साहिला छोरा ११ वर्षिय बुद्ध रोक्काको आँखा फुटेको करिब २ वर्ष हुन लाग्यो उपचारको पत्तो छैन। चार छोराका सहित छ जनाका परिवार सबैजसो सुस्त मनस्थितिका छन्।

ति निमुखा परिवारलाई मद्दत गर्ने सहयोगी हातहरुको यसबेला खाँचो छ। आर्थिक अभावका कारण उनको उपचारमा कठिन भएकोले सोही गाउँकका स्थानीय समाजसेवी पृथ बि.क.अहिले आर्थिक सहयोग जुटाउने पहलमा अग्रसर छन् ।

सहयोगी हातहरुले मोबाइल न.-९८०९५३५९८१/९८०८६१९९१३ मा सम्पर्क गर्दा Global IME Bank Prithe Bishwokarma Account:-4107010011383 मा सहयोग गरिदिन अनुरोध गर्दछ्न्। मानवताका हिसाबले उनले यस समस्यमा आफू अघि सरेको उनको भनाइ छ। सबैको सहयोग पाए उचित ठाँउमा उनको उपचारको लागि पुर्‍याउन सकिने बिकले बताए।यो समाचार शेयर गरिदिन समेत अपिल गरेका छन् ।

गरीब जनताका परिवारमा यस किसिमको दुर दशा हुँदा सम्म राज्य पक्षको कुनै क्षेत्रबाट मद्दत नहुनु भनेको राज्यको लजास्पद व्यवहार ठान्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार