नयाँ बुलन्द
इलाम : इलाम नगरपालिका वडा नम्बर ९ स्थित भगवती माविमा पूजा भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुको प्रारम्भीक कमिटी गठन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा पम्फा तामाङ, सचिव सीता तामाङ, सह-सचिवहरु फिलिप राई, रुद्र कुमारी कटुवाल, सुस्मिता तामाङ र कोषाध्यक्ष निकेश मगर चयन भएका छन्।
त्यस्तै सदस्यहरु मुकेश कोइराला, उमेश चौहान, सिर्जनात्मक घोर्साइ, विनिता लिम्बू, सुस्मिता गौतम, सुमन अधिकारी , युगल लिम्बू लगायत चयन भएका छन्।
कार्यक्रममा अनेरास्ववियु नगर संयोजकमा डिकेन्द्र दहाल, उप-संयोजक सचिनजंग राया नगर सचिव विशाल कार्की लगायतको उपस्थिति रहेको डम्बर निरौलाले बताए।






















































