सुर्योदय नगरकपको उपाधि फिक्कल एफसीलाई

नयाँ बुलन्द

करफोक : इलामको करफोक खेल मैदानमा संचालित सुर्योदय नगर कप फूटबल प्रतियोगिताको उपाधि फिक्कल एफसीले जितेको छ ।

शनिबार करफोक भएको फाइनल खेल निर्धारीत समयमा बराबरीमा टुड्गीएपछि टाइबेकरमा पञ्चकन्या एफ सी लाई पराजित गरि फिक्कल एफसीले जित हासिल गरेको हो ।

विजेता टीम सहित खेलाडिहरुलाई सुर्योदय नगरपालिका उपप्रमुख दुर्गा भट्टराईले ट्रफि तथा नगद पुरस्कार प्रदान गरिन् । विजेता टिमलाई एक लाख र उपविजेता टिमलाई पचास हजार रुपैया नगद सहित ट्रफि प्रदान गरीएको थियो ।

नगर क्षेत्रका जिल्ला फूटबल संघमा आवद्ध विभिन्न १६ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्बृद्ध सुर्योदय अभियान, सुर्योदय नगर खेलकुद विकास समिति र सुर्योदय होटल व्यवसायि संघको आयोजनामा गत माघ १६ गतेबाट उक्त प्रतियोगिता संचालन भएको युवराज प्रधानले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार