नयाँ बुलन्द
माङसेबुङ : नेपाल विद्यालय कर्मचारी परिषद माङसेबुङ गाउँपालिका स्तरीय समिति गठन भएको छ ।
शनिबार इलामको माङसेबुङ ३ चतुरेमा भएको कर्मचारीहरुको भेलाले मचिन्द्रराज लिम्बूको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
समितिका उपाध्यक्षमा गुञ्जकुमार राई, महिला उपाध्यक्षामा सन्तोषी परियार, सचिव डेविड सुनुवार, सहसचिव समिता राई, कोषाध्यक्षमा आदित्य र सहकोषाध्यक्ष नीमा राई चयन भएका छन् ।
सदस्यहरुमा सुसन राई, चण्डीप्रसाद राई र रेशबहादुर थापा रहेका छन् । बाँकी तीन जना पछि मनोनित गरिने जनाईएको छ ।
कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रीयहरु सदस्य तुलसीप्रसाद भट्टराई, छविलाल दवाडि, इलाम जिल्ला सचिव दीपककुमार खड्का, झापा जिल्ला अध्यक्ष जगेनलाल राजवंशीको उपस्थिती रहेको थियो ।