नयाँ बुलन्द
पाँचथर : पाँचथरको लुङफाबुङमा राम लावतीको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद समिति गठन भएको छ ।
नवगठित समिति उपाध्यक्षमा विर्जमान राई, सचिवमा बिष्णु राई, सहसचिवमा गोपिमाया मगर र कोषाध्यक्षमा तिर्थ तामाङ चयन भएका छन् । सदस्यहरुमा अन्जु लावती शशीकला लावती नरेन्द्र तामाङ सदस्यहरु अन्जु लावती शशीकला लावती नरेन्द्र तामाङ ठगमाया मगर रहेका छन् ।
वडामा किरात याक्थुङ चुम्लुङ(लिम्बू ), किरात राई यायोक्खा(राई), नेपाल मगर संघ(मगर) र नेपाल तामाङ घेदुङ(तामाङ ) का आधिकारिक प्रतिनिधित्व रहेको वाड भेलामा प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष रिन्जी शेर्पा ,विशेष अतिथि नगर समन्वय परिषद अध्यक्ष जल कुमार तामाङ र अतिथि नपा वडा सदस्य गंगा प्रसाद राई रहेका थिए ।






















































