नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका एक लप्सीबोटेस्थित शारदा आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच सृष्टि घलेको अध्यक्षतामा १० सदस्यीय बाल क्लब गठन गरिएको छ ।
नव गठित समितिको उपाध्यक्षमा अंकित घिमिरे, सचिव राधिका तामाङ र सह-सचिव अप्सरा निरौला रहेका छन्। त्यस्तै सदस्यहरु क्यल्जुङ योल्मु,भोजराज थामी,भाष्कर निरौला स्मारिका थामी, कोपिला निरौला लगायत चयन भएका छन् । कार्यक्रम विद्यालयका प्रधानाध्यापक मदन घलेको अध्यक्षतामा सम्पन्न भएको हो ।
विद्यार्थीहरुको क्षमता विकास र सिर्जनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको विद्यालयका शिक्षक डम्बर निरौलाले बताए। जसले बालबालिकालाई सामुहिक काममा समेत प्रोत्साहन गर्ने निरौलाले बताए । शारदा आधारभूत विद्यालयले ग्रामीण क्षेत्रमा रहेर पनि कम्प्युटर शिक्षा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।