ओलीले प्रचण्डलाई अध्यक्ष नदिने ?

काठमाण्डु : देशरभर कतै सितलहर चलिरहेको छ त कसै हुस्सु लागिरहेको छ । काठमाण्डुको मौसम पनि निकै चिसो छ । तर, ओली–प्रचण्डमा निहित एमाले–माओवादी एकताले भने यतिबेला देश तातेको छ । निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचलगत्तै पार्टी एकता गर्ने सहमति गरेका एमाले–माओवादी एकता त पुरकै कुरा ‘मोडालिटी’ समेत तयार पार्न सकेका छैनन् । यसको एउटै कारण हो एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति जुट्न नसक्नु ।

माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई यसअघि नै प्रधानमन्त्री स्वीकारिसकेका छन् । सार्वजनिक रुपमै उनले पार्टी एकतापछि आफूहरु ओलीलाई अध्यक्ष मान्न तयार रहेको बताइसकेका छन् । तर, ओलीले भने प्रचण्ड अध्यक्ष बन्छन् भन्ने बाक्य कहीँकतै उच्चारण गरेका छैनन् । यसले ओली प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन् भन्ने संकेत गर्छ ।

ओलीसकेसम्म अध्यक्ष र प्रधानमन्त्री दुवै आफ्नै पोल्टामा परोस् भन्ने चाहन्छन् । र, उनलाई दोस्रो दर्जाका केही नेताले उचालिरहेका छन् । जसकारण उनी प्रचण्डलाई पार्टी नेतृत्व दिने कुरामा कन्भिन्स हुन सकिरहेका छैनन् । नत्र, ओलीले एकता नै चाहेका हुन् भने प्रधानमनत्री बनेर उनी देश विकासमा लाग्ने र प्रचण्डलाई पार्टी चलाउन दिने कुरा अस्वभाविक छैन । दुवै यसका लागि अब्बल पनि छन् ।

दुई पार्टीका नेताबीच किचलो

एमाले नेता, प्रदेश सभा सांसद एवं मुख्यमन्त्रीका दाबेदार शेरधरन राई पार्टी एकतापछि अध्यक्ष र प्रभानमन्त्री ओली नै रहने बताउँछन् । राईले पार्टी एकताअघि नयाँ सरकार गठन हुने र प्रधानमन्त्री र अध्यक्ष ओली हुने बताए ।

उता माओवादी नेता, प्रदेश सांसद एवं मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीले प्रचण्डलाई पार्टी अध्यक्ष नदिए एमालेसँग एकता नहुने बताउँछन् । उनको एक व्यक्ति एक पद हुनुपर्ने धारणा छ । भन्छन्, ‘अध्यक्ष दिए एकता हुन्छ, नत्र हुँदैन ।’

दुई वामपन्थी शक्तिलाई एक हुन नदिन यतिबेला दशी–विदेशी तत्व लागिपरेका छन् । विभिन्न जाल झेलमार्फत उनीहरुले पार्टीका दोस्रो दर्जाका नेतालाई भिडाउने काम गरिरहेका छन् ।

सरकार पहिला कि पार्टी एकता ?

सरकार प्रक्रियामा बन्ने कुरा हो । र, यसका लागि अझै केही समय लाग्न सक्छ । तर, पार्टी एकता ओली–प्रचण्डले चाहेमा आजको भोलि हुनसक्छ । प्रचण्डले सरकार गठनअघि पार्टी एकता गरौँ भनिरहेका छन् । तर, ओली भने सरकार गठनपछि एकता गरौँ भन्ने अडानमा छन् ।

दुई पार्टी एक हुन चाहेकै हो भने सरकार गठनले यसमा कुनै सम्बन्ध राख्देन । किनकि माओवादी ओलीलाई प्रधानमन्त्री मान्न तयार छ र एमालेभित्रबाट पनि उनको नाममा सहमति छ । तर, ओली यसका लागि तयार नहुनुने विभिन्न शंका–उपशंका उब्जाएको छ । कतै आफू प्रधानमन्त्री भएपछि ओलीले पार्टी एकतालाई प्रधानमिकता नदिने हुन् कि भन्ने डर धेरैमा छ । माओवादीका प्रचण्डलाई अध्यक्ष मान्न ओली तयार नहुनसक्ने शंकासमेत छ ।

त्यसैले उ सरकार गठनअघि नै यी कुरा टुंग्याउन चाहन्छ । किनकि एमालेले माओवादीको अपमान गर्ने अवस्था आए कांग्रेस र मधेशवादी दलसँग मिलेर सरकार गठन गर्ने अर्को विकल्प माओवादीसँग छ र यसले उसलाई फाइदा पनि पुग्छ । ओली यही डरका कारण केही बोलेका छैनन् । ‘अहिले बोले माओवादी भड्किने उनको अनुमान हुनसक्छ’ एक माओवादी नेताले काठमाण्डु टुडेसँग भने, ‘ओलीको विगत हेर्ने हो भने आफू प्रधानमन्त्रीपछि माओवादीलाई किन अध्यक्ष दिने भन्न पनि बेर लगाउँदैनन, त्यसैले हामीले पार्टी एकतामा जोड दिएका हौँ ।’

काठमाडौं टुडेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार