बेचबिखनबाट बचाउने उद्देश्यले महिलालाई तालिम

सुजता सुनुवार

इलाम : इलाममा मानव बेचविखनबाट बचाउन र स्ववलम्बी बनाउने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने तालिम आइतबार सम्पन्न भएको छ ।

जिल्लाका इलाम नगरपालिका र सुर्योदय नगरपालिकाका ४० जना महिलाहरुलाई मौरी पालन तथा च्याऊ खेती सम्बन्धि पाँच दिने तालिम दिइएको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

माइती नेपाल पशुपतिनगर नेपालको आयोजनामा भएको तालिममा जिल्लाका गोदक, लक्ष्मीपुर, फिक्कल लगायतका महिलाहरुलाई तालिम दिइएको थियो । तालिमको सहजीकरण प्राविधिक रुद्र सञ्जेलले गरेका थिए ।

जिल्लाको गोदक क्षेत्रलाई विषादी मुक्त क्षेत्र बनाउने, महिला तथा बालबालिका बेचविखन मुक्त क्षेत्र बनाउने उद्देश्यका साथ सो क्षेत्रलाई तालिमका लागी छनौट गरिएको माइती नेपाल पशुपतिनगर आवाधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए । उनका अनुसार गोदकका नन्द माविका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई मानव बेचविखन सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी समेत सञ्चालन गरिएको छ ।

समापन कार्यक्रम माइतीनेपाल संजाल समुह गोदकका अध्यक्ष बालकु सुवेदीको अध्यक्षता तथा गोदकका वडाध्यक्ष रोम लुङ्गेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार