ब्ल्याङ्केटको काम गर्ने बादल हटेपछि काठमाडौंमा चिसो बढ्यो

काठमाडौं : केही दिनदेखि बढेको काठमाडौंको तापक्रम आइतबार फेरि घटेको छ ।  तापक्रम २.५ डिग्रीमा झरेपछि काठमाडौंमा चिसो महसुस भएको छ ।

यो शनिबार बिहानको तुलनामा १.३ डिग्रीले कम हो । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको आकासमा लागेको बादल फाटेकाले चिसो बढेको जनाएको छ ।

मौसमविद् मिनकुमार अर्यालले आकासमा लागेको बादलले ब्लाङ्केटको काम गर्ने र त्यो हट्दा चिसो महसुस भएकाे बताए । ‘बादलले ब्लाङ्केटको काम गर्छ, त्यही ब्लाङ्केटको काम गर्ने बादल हटेकाले तापक्रम घटेको हो’, अर्यालले अनलाइनखबरसँग चिसो बढ्नुको कारण खुलाउँदै भने ।

आइतबार चिसो बढे पनि अब घट्दै जाने मौसमविद् अर्यालको भनाइ छ । ‘अब दिन पनि क्रमशः बढ्दै जान्छ, जाडो पनि हट्छ,’ उनले भने ।

अर्यालका अनुसार, पूर्वी र पश्चिमी तराईमा समेत हुस्सु क्रमशः फाट्दै गएकाले अब गर्मी सुरु हुन्छ ।

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार