माङसेबुङमा शिक्षा क्षेत्रमा ३५ लाख

नयाँ बुलन्द

माङसेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा ३५ लाख रुपैयाँ बजेट वितरण गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

उनका अनुसार गाऊपालिकाका महेन्द्रोदय मावि गजुरमुखी, इभाङ मावि इभाङ, चिसापानी मावि बाँझो, जीवनज्योति मावि चतुरे, दुर्गा मावि आदिपुरे, सरस्वती मावि भालुटार र विद्या सिर्जनात्मक माविलाई एक एक लाख रुपैयाँका दरले रकम प्रदान गरिएको हो ।

उक्त बजेटले एसइइ परीक्षा तयारी गरिने विद्यालयले जनाएका छन् ।त्यस्तै गरी तीन विद्यालयलाई अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि एक लाख रुपैयाँका दरले बजेट प्रदान गरिएको छ ।

धार्मिक अनुदानतर्फ किराँत साम्जिक मुन्धुम वेदशालाका लागि एक लाख ५४ हजार रुपैयाँ बजेट प्रदान गरिएको छ । यस्तै विद्यालय सुधार तथा मर्मत कार्यक्रममा गाऊपालिकाका २४ वटा विद्यालयलाई १७ लाख ८० हजार रुपैयाँ बजेट दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार