एआईजी, डीआइजी र एसएसपीलाई सम्मान

नयाँ बुलन्द

इलाम : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पंकज श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज न्यौपाने र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) पिताम्बर अधिकारीलाई इलाममा सम्मान गरिएको छ । इलाम जिल्लामा जन्मेर नेपाल प्रहरीको उच्च दर्जामा पुग्न सफल भएको भन्दै उद्योग बाणिज्य संघ इलामले १३ औं बार्षिक साधारण सभाको अवसर पारेर तीनजना श्रेष्ठ, न्यौपाने र अधिकारीलाई शनिबार सदरमुकाममा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

श्रेष्ठ साबिक इलामनगरपालिका २, न्यौपाने इलामनगरपालिका ३ र अधिकारीको जन्म साबिक सोयाङ गाबिसमा भएको थियो । यसैगरी संघले स्वास्थ्य सेवा सेवामा महत्वपूर्ण योगदान पुरयाएको भन्दै साबिक इलामनगरपालिका ८ का बालकृष्ण भट्टराईलाई पनि सम्मान गरेको छ । सम्मानित भट्टराई हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा कार्यरत छन् । सम्मानित ब्यक्तित्वहरुलाई इलामनगरपालिका मेयर महेश बस्नेतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिएका ।

यसैगरी संघले इलामका अग्रज एवं सफल ब्यबसायिको रुपमा गोपाल श्रेष्ठ, जयनारायण श्रेष्ठ, कपिलमूनि ढकाल, हरि गौतम, भक्तबहादुर लुङ्गेलि मगर, उषा निरौला र दिनेशकुमार महतलाई पनि सम्मान गरेको छ । संघका अध्यक्ष आनन्द कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले समुन्नत आर्थिक विकासका लागि उद्योग कलकारखाना तथा रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

मेयर महेश बस्नेतले देशमा रोजगारको संभावना नहुदां लाखौ युवा विदेशिएको हुंदा स्थानीय उद्योग, ब्यपार तथा ब्यबसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बेला आएको बताए । उनले भने ‘निजी क्षेत्रलाई बढी प्रोत्साहित गर्दै अबको दुनिया आर्थिक क्रान्तिको हुनेछ ।’ इलाम उद्योग बाणिज्य संघले जिल्लाको ब्यपार, उद्योग र ब्यवासायिक हितकालागि भुमिका खेल्नु बस्नेतले आग्रह समेत गरे । उनले कृषि र पर्यटन क्षेत्रको बिकासका लागि सबैले एक भएर अघि बढ्नुमा जोड दिए । सभाको उद्घाटन सत्रमा संघका महासचिब मदन श्रेष्ठले प्रगती तथा कोषाध्यक्ष देबेन्द्र शंकरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार