प्रथम सूर्योदय नगरकपको तयारी पूरा

अर्जुन गड्तौला

सूर्योदय : सूर्योदय नगरपालिका १२ स्थित करफोक खेल मैदानमा सञ्‍चालन हुन लागेको प्रथम सूर्योदय नगरकप प्रतीयोगिता २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सूर्योदय नगर खेलकुद विकास समिति र होटल व्यवसाही सङ्गको संयुक्त आयोजनामा सञ्‍चालन हुन लागेको प्तियोगिताको सबै तयारी पूरा भएको सूर्योदय नगर खेलकुद विकास समितिका सदस्य युवराज प्रधानले जानकारी दिए ।

सोमबारदेखि प्रतियोगिता सञ्‍चालन हुने भनिएपनि प्राविधिक कारणले मंगलबारदेखि मात्र सञ्चालन हुने भएको छ । प्रतियोगिता फिफा र एन्फाको नियम अन्तरगत सञ्चालन गरिनेछ ।

विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतीयोगिताबाट उत्कृष्ठ खेलाडिको छनौट गरी नगरस्तरीय फुटबल टिम छनौट गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार