नयाँ बुलन्द
इलाम : किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले शान्तिडाँडाका अग्नीपीडित डेविड साउदेनलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अग्नीपीडित देउमाई नगरपालिका वडा नम्बर ६ शान्तिडाँडाका साउदेनलाई चुम्लुङले बिहीबार नगद १३ हजार चार सय १५ रुपैयाँ उपलब्ध गराएको हो ।
चुम्लुङ इलामका अध्यष गायत्री थेगिमले साउदनेलाई नगद हस्तान्तरण गरे । कार्यक्रममा चुम्लुङ जिल्ला सचिव राम योङहाङ र सदस्य रुद्र थेवेको समेत उपस्थिति रहेको थियो ।
गत १० पुसमा विद्युत सर्ट भई आगलागी हुँदा साउदेनको दुईतले घर, अन्नपानी, लत्ताकपडा, गरगहना, नगदसहित ४१ लाख बराबरको क्षति भएको थियो । साउदेन हाल बाबुको घरमा बस्दै आएका छन् । विभिन्न संस्थाहरुको आर्थिक सहयोगमा साउदेनको घरव्यवहार सञ्चालन हुँदै आएको छ ।