इलामका पाँच पत्रकारलाई ‘मिडिया फेलोसिप’

नयाँ बुलन्द

इलाम : डेनमार्क राजदुतावासको आर्थिक सहयोगमा आईएलओद्वारा सञ्चालित एड्भोकेसी च्यालेन्ज फण्ड (चुनौती वकालत कोष) अन्तर्गत इलामका पाँच आदिवासी जनजाति पत्रकारलाई फेलोसिप प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको मिडिया फेलोसिस कार्यक्रम अन्तरगत बुधबार इलाममा आयोजित कार्यक्रममा फोनिजले ३०÷३० हजारको चेक उपलब्ध गराइएको हो । यसरी फेलोसिप पाउनेहरुमा इलाम पोष्ट दैनिकका सन्तोष नेम्बाङ, उज्यालो रेडियो नेटवर्कका सुजता सुनुवार, एभिन्यूज टेलिभिजनका याम मावोहाङ, चियाबारी एफएमका बन्दना राई र माङसेबुङ मासिक म्यागजिनका ज्ञानु केदेम रहेका छन् ।

चेक ग्रहण गर्दै पत्रकार सन्तोष नेम्बाङ ।

उनीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङले खादा ओढाएर सम्मान गरेका थिए भने फोनिजका कार्यक्रम संयोजक गंगा गुरुङले चेक हस्तान्तरण गरेका थिए ।

जिल्लाका किसानहरुद्वारा उत्पादित कृषिउपज अलैंची, चिया, दुग्ध र अदुवाको व्यावसायिक प्रवद्र्धनका लागि जवाफदेवी र जिम्मेवार व्यापार व्यावसाय, अधिकार र व्यावसायिक सुशासन बारे फिचर र रिर्पोट लेखनका लागि मिडिया फेलोसिप कार्यक्रममा जिल्लाका छापा, श्रव्यदृश्य तथा अनलाइनमा मिडियामा क्रियाशील पत्रकारहरु सहभागी थिए । उनीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा इलामले सिफारिस गरेको थियो ।

चेक ग्रहण गर्दै पत्रकार सुजता सुनुवार ।

कार्यक्रममा फोनिजका कार्यक्रम संयोजक गंगा गुरुङले फेलोसिपका बेला मात्र सक्रिय हुने नभई सधैं सक्रिय हुनुपर्नेमा जोड दिएकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष एवम् पूर्वाञ्चल संयोजक तथा फेलोसिप कार्यक्रमका जिल्ला संयोजक शाहीमान राईले मिडिया फेलोसिप कार्यक्रमले आदिवासी जनजाति पत्रकारहरुको लेखनवृतिमा सुधार आएपनि पर्याप्त नभएको टिप्पणी गरको थिए । उनले सो कार्यक्रम इलाम सहित भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा सञ्चान भएको जानकारी दिएका थिए । ती जिल्लामा समेत फेलोसिप वितरण कार्यक्रम सम्पन्न भएको जानकारी दिएका थिए ।

चेक ग्रहण गर्दै पत्रकार ज्ञानु केदेम लिम्बू ।

प्रेस चौतारी इलामका अध्यक्षता विमल दाहालले मिडिया फेलोसिप पाउने पत्रकाहरुलाई लेखनवृतिमा थप हौसला र प्रोत्साहन प्राप्त गरी व्यवसायिक पत्रकारीताका लाग्न शुभकामना दिए । नेपाल प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईले इलाममा रहेको किसानहरु तथा मजदुरहरुको हक अधिकारलाई संस्थागत गराउन खोजमुलक फिचरहरु लेख्न सकिए फिचरहरु संचारक्षेत्रमा बिकाउन सकिने बताए ।

चेक ग्रहण गर्दै पत्रकार बन्दना राई ।

कार्यक्तममा नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एवम् फोनिजका केन्द्रीय प्रतिनिधि विजयवोध लावती, नेपाल आदिवासी जनजाति युवा महासंघका अध्यक्ष पूर्ण राई, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष मानबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज इलाम शाखा अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य अतित योङहाङले स्वागत र सहसचिवव सृजना श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार