किरातीको वनमा विद्यार्थीहरूको अध्ययन

अजय राई

मोरङ : मोरङको बेलबारीमा रहेको किरात राई यायोक्खाको धार्मिक वनमा विद्यार्थीहरूले अध्ययन गरेका छन् ।

गोल्डेन गेट इन्टरनेश्नल कलेज काठमाण्डौँबाट आएका विद्यार्थीहरूले सो धार्मिक वनमा अध्ययन गरेका हुन् । वातावरण विज्ञान संकायका चौथो वर्षमा अध्ययन्रत विद्यार्थीहरूको समूहले अध्ययन गरेका हुन । अध्ययनका लागि २६ जना विद्यार्थीहरू आएको एक विद्यार्थीले बताए ।

राष्ट्रिय वन सखाप हुदैँ गएको अवस्थामा सो धार्मिक वन भने झाँगीदै गैरहेको अवस्था छ । किरात राई यायोक्खाले सो धार्मिक वनलाई पछि अनुसन्धान केन्द्र बनाउने र पर्यटकहरू समेत भित्र्याउने लक्ष्य लिएको छ । सोहि अनुसार अघि बढिरहेको धार्मिक वन अध्यक्ष जितुमान राईको भनाई छ ।

सो क्षेत्रमा एक हजार भन्दा ज्यादा वनस्पती तथा बोट विरुवाहरू रहेको वन कोषाध्यक्ष लक्ष्मीप्रसाद राईले बताएका छन् । तर यो वनलाई यो अवस्थसम्म ल्याई पु¥याउन धेरै दुःख गर्नु परेको समिति सल्लाहकार नन्दकुमार राई बताउँछन् । राईको अनुसार प्रत्येक राईको घर–घरबाट पैसा उठाएर आजको यो हराभरा वन बनाउन सफल भएको हो ।

सरकारी निकायबाट त्यो समयमा धेरै दुःख दिएको समिति सदस्य रणसेर राई बताउँछन् । अध्ययन तथा अनुसन्धानको क्रममा धेरै बोट विरुवाले पुर्ण स्थानमा अध्ययन तथा अनुसन्धान गर्नु पाएकोमा विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार