फुङलिङमा आगलागी, दुई घर जले

ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो ।

अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए ।

अगलागीको कारण खुलेको छैन । कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार