सुजता सुनुवार
इलाम : पठन तथा सूचना र प्रविधिको विकाससँगै इलाममा अमेरिकन कर्नर पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको समेत व्यवस्था गरिएकाले पुस्तकालयको प्रयोग बढ्दै गएको पुस्तकालयका सुचना अधिकृत हेमप्रसाद पौडेलले जानकारी दिए ।
पुस्तकसगसँगै पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप, टिभी र मोबाइल) को प्रयोगबाट समेत पुस्तकलाई पढ्न सकिने प्रणालीको सुविधा दिइएको छ । युवा लक्षित कार्यक्रम गर्नु, पुस्तकलाई पुस्तकसँग मात्र नजोडेर श्रव्य दृश्यको सुविधा, दृष्टिविहिनका लागी अडियो बुक हुनु, बालबालिका लक्षित अंग्रेजी भाषाका खेलहरुको र प्राविधिक सम्बन्धिका कार्यक्रम जस्ता सुविधाको व्यवस्था यस पुस्तकालयमा गरिएको छ ।
एउटा किताबलाई धेरै जनाले पढ्न सक्ने , खेल्दा खेल्दै धेरैले एकैसाथ ज्ञान सिक्न सक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तक पढ्नेका लागी पुस्तकालयमा नयाँ पुराना पुस्तक हुनु , चौबीसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सक्नु र टि भीमा समेत हेर्न सकिने भएकाले यसको लोकप्रियता बढ्दै गएको हो ।
सुचना अधिकृत पौडेलका अनुसार अमेरिकन कर्नरले अहिले विभिन्न शिक्षा सम्बन्धि खेल सामाग्री , अंग्रेजी सिकाई सम्बन्धि ल्फिम जस्ता पक्षको समेतको सुविधा पुस्तकालयमा गरिएको छ । यी मध्ये कम्प्युटर र नेपाली अंग्रेजीका साहित्यिक पुस्तकको बढी प्रयोग हुने गर्छ ।
विसं २०६८ कार्तिक १५ गतेबाट पुस्तकालयको शुरुवात गरेको अमेरिकन कर्नरले अहिले रु ४० हजार डलर बराबरको अंग्रेजी साहित्यका पुस्तक र रु २७ हजार पाँच सय बराबरको नेपाली साहित्य, बालबालिका लक्षित कथा , विज्ञान सम्बन्धिका पुस्तक पुस्तकालयमा राखेको छ ।
उपलब्ध पुस्तक जति जनाले पनि पढ्न सक्दछन् । १० दिनसम्मका लागी घरैमा लगेर समेत पढ्न पाउने सुविधा दिइएको छ । पुस्तक पढ्नका लागी विद्यार्थीले वर्षमा १६० तिरेर सदस्य बन्नु पर्छ भने विद्यार्थी भन्दा बाहिरकाले ३६० रुपैया तिरेर सदस्य बन्न पाउने व्यवस्था छ । यस पुस्तकालयमा अहिले चार सय जना सदस्य छन् ।
छिमेकी जिल्ला झापा, पाँचथर, ताप्लेजुङ्गकाले समेत यस पुस्तकालयको पुस्तक पढ्ने गरेका छन् । पुस्तकालयले बुकबस, आमा शिक्षा, महिला लक्षित कम्प्युटर तालिम जस्ता कार्यक्रम गरिसकेको छ । आर्थिक वर्ष २०७३ ÷०७४ मा भाद्र १५ गते दशौ पुस्तकालय दिवसको अवसरमा बालसाहित्य शाखा समेत सञ्चालनमा ल्याएको छ । लोकप्रियता बढ्दै गएकोले अब चाँडै रचनात्मक क्रियाकलापका लागी मेकर स्पेश कार्यक्रम सञ्चालन गर्ने सुचना अधिकृत पौडेलले जानकारी दिए ।
उनले भने ‘पठन सस्कृतको विकास हुनु, कम खर्चिलो हुनुले पनि यसको लोकप्रियता बढेर गएको हो ।’ जिल्लाको इलाम नगरपालिका सात चोकबजारमा रहेको पुस्तकालय अमेरिकाका राजदुतावास तथा उद्योग वाणिज्य संघ इलामको सहकार्यमा सञ्चालित पुस्तकालयको भौतिक व्यवस्थापन, पुस्तक, कम्प्युरमा राजदुतावासले सहयोग गरेको पुस्तकालयको भनाई छ ।
वि.सं. २०६७ सालमा भएको तीन दिने पुस्तक प्रदशनीमा इलामका व्यक्तिहरुको बाक्लो उपस्तिथी भएकाले इलाममा पुस्तकालय खोल्न आवश्यक भएको महशुस गरेर पुस्तकालय खोलिएको हो ।























































