नयाँ बुलन्द
इालम : बेरोजगार रहेका युवा लाई लक्षित गर्दै इलाम नगरपालिका ९ लालिगुराँस टोलमा आज सिप मुलक तालिम सम्पन्न भएको छ । सिप बिकास केन्द्र तथा लागिगुराँस सामाजिक संस्थाको आयोजना छ महिने तालिम बिहिबार सम्पन्न भएको हो ।
तालिममा २२ जना युवायुवतीहरुको साहभागिता रहेको थियो । सिप विकास केन्द्रका अशोक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष नेत्र मणी भट्टराईलगायतले सहभागिलाई प्रमाण पत्र बितरण गरेको सचिव लोक बहादुर थापाले जानकारी दिए ।
सहभागिहरुले सिकेको सिपलाई ब्यवहारमा उतार्ने सोहि कार्यक्रमबाट प्रतिवद्धता जनाएका छन् ।






















































