नयाँ बुलन्द
इलाम : दाह्री ग्याङ्ग इलामले माइभगवती बृद्धआश्रमका बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । दाह्री ग्याङ्गका एक सदस्यको जन्मोत्सवको अवसर पारेर फलफुल वितरण गरिएको हो ।
दाह्री ग्याङ्ग इलामका पदाधिकारीहरु उपस्थित भएर फलफुल वितरण गरिएको ग्याङ्गका उपाध्यक्ष खेम भट्टराईले बताए । ग्याङ्गका उपाध्यक्ष खेम भट्टराई, सदस्यहरु विक्रम सुन्दास, प्रज्वल भट्टराई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।






















































