करेन्ट लागेर तामाङको ज्यान गयो

नयाँ बुलन्द

इलाम : करेन्ट लागेर इलाममा आईतबार एक युवाको ज्यान गएकोे छ । करेन्ट लागेर नगरपालिका ८ का २३ वर्षीय बेदप्रसाद तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
विहान साढे ८ बजे घर बनाउने क्रममा बाँगिएको रड सिधा पार्ने क्रममा १३३ केभी प्रशारण लाईनको तारमा रडले छोएपछि करेन्ट लागेर तामाङ घाइते भएका थिए ।
घाईते तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार