स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन हुँदा विश्वमै पहिलो बन्ने

नयाँ बुलन्द

इलाम : सार्वजनिक स्थलमा सुर्तीजन्य बस्तुको प्रयोग नगर्न तथा नगराउन इलाम जिल्लामा बिगत ११ बर्षदेखि काम हुँदै आएको छ ।

प्राथमिक स्वास्थ्य स्रोत केन्द्र नेपाल काठमाडौंको आयोजनामा जिल्ला स्तरमा गठन भएको स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलामले उक्त काम गरीरहेको छ । जसअनुरुप बिगत केहिबर्षदेखि इलामका सार्वजनिक स्थलमा सुर्तीजन्य बस्तुको प्रयोग हुन छाडेको छ ।

यसै क्रममा प्राथमिक स्वास्थ्य स्रोत केन्द्र नेपाल काठमाडौंले देशभरका बिभिन्न जिल्लामा गठन भएको स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जालको सहयोगमा सन् २०१९ मा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन गर्ने भएको छ । सो क्रममा पुस्तक प्रकाशनका लागि सञ्जाल गठन भएको जिल्लामा कार्यालय पनि स्थापना भएको छ ।

यसै क्रममा इलाममा पनि महिला जागरण संघको भवनमा कार्यालय स्थापना भइसकेको छ भने त्यसको संयोजकमा प्रज्ववल भटटराईलाई संयोजक तोकेको छ । सञ्जालका इलाम जिल्ला उपाध्यक्ष सुदिप श्रेष्ठका अनुसार स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन भएमा यो पुस्तक बिश्वमै पहिलो बन्ने पनि बताए । स्वास्थ्य अधिकारका बारेमा बिषयहरु पुस्तकमा समेटीने भएकाले इलाममा स्वास्थ्य अधिकारसंग सम्बन्धित हरेक किसिमका घटनाको संकलन आउँदो मार्च १ तारीखबाट गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

स्वास्थ्यका घटनाको संकलन गर्दा सञ्चार माध्यममा प्रकाशित तथा प्रशारण गरीएका समाचार, जिल्ला प्रहरीको मुद्धा फाँट र अस्पताल तथा स्वास्थ्य केन्द्रको इमरजेन्सि वार्डलाई मुख्य श्रोतको रुपमा लिइने सञ्जालले आज इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सञ्जालले इलाममा सुर्ती नियन्त्रण तथा नियमन २०६८ आउनु अगाडि देखि नै सूर्ती नियन्त्रण सम्बनिध काम गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार