शिक्षा स्‍नातकोत्तर अध्ययन अनलाईन प्रविधिबाट

नयाँ बुलन्द

चुलाचुली : आधुनिक सूचना र संचारका आधुनिक प्रविधिहरुको प्रयोग गरी उच्च शिक्षामा विद्यार्थीहरुको पहँच बढाउने उदेश्यले आज दमकको एसजी होटलको कार्यक्रम हलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत “खुल्ला तथा दूर शिक्षा केन्द्र”ले पत्रकारहरुको भेलागरि कार्यक्रम सार्वजनिक गरेका छन् ।

सन् २०१५ बाट सुरुभएको खुल्ला तथा दूर शिक्षा केन्दले नियमित रुपमा क्याम्पसका कक्षा लिन नसक्ने विद्यार्थीहरुका लागि विज्ञान र प्रविधिको बढ्दो विकास र साधनहरुलाई प्रयोग गरी उच्च शिक्षाको अवसर प्रदान गर्ने कार्यक्रम संचालन सुरु गरेका त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग प्रमुख प्रेम फ्याकले बताए । उनले भने, ‘अंग्रेजी संकायमा ३ जनाबाट सुरु भएको खुल्ला तथा दूर शिक्षामा अहिले अंग्रेजी शिक्षमा ६ गणित शिक्षामा ६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।’

‘विश्वविद्यालयबाट छनोट गरिएको प्राध्यपकहरुबाट अध्यापन गराइने अनलाई प्रविधिबाट शिक्षा शास्त्र संकायको स्नातकोत्तर प्रथम सेमेष्टर अंग्रेजी शिक्षा र गणित शिक्षा दूर सिकाईको माध्यमबाट अध्यन अध्यापन गरिन्दै आएका हुनाले शिक्षक र विद्यार्थीहरुको बीच नियमित अनलाइमा केन्द्र दवरा तोकिएको विषयमा छलफल, आन्तरीक परीक्षाहरुमा अनलाईविधिबाटै सामेल भइ परीक्षा उर्तीण हुनु पर्ने भए पनि अन्तिम परीक्षा भने त्रि.वि. खुल्ला दूर केन्द्रले तोकिएको केन्द्रमा परीक्षा लेखिनु पर्ने कार्यक्रम सारांश पत्रमा उल्लेखित गरेका छ ।

देशभरका कलेजहरुमा अनलाई प्रविधिक शिक्षाको व्यवस्थापन गर्ने लागि परेका खुल्ला तथा दूर शिक्षा केन्दले भर्ना शुल्क भने खुलाउन चाहेनन् चार सेमेष्टरमा स्नातकोत्करको अध्ययन सकिने कार्यक्रम जानकारी गराएका छन । ‘स्नातकोत्कर अंग्रजी र गणित शिक्षाको चौथो सेमेष्टर कक्षाको लागि यहि माघ २१ गते सम्म फर्म खुलेका शिक्षा शास्त्र केन्द्रीय विभाग देवि प्रसाद भट्टराईले वताए छन ।’

अंग्रेजी विभाग प्रमुख प्रेम फ्याक र शिक्षा शास्त्र केन्द्रीय विभाग देवि प्रसाद भट्टराईको कार्यक्रमबारे जानकारी गरएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार