ताप्लेजुङ : ताप्लेजुङको फुलिङ्ग नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने परिचालक घाईते भएका छन् ।
मंगलबार दिउँसो २ बजे तोक्मे डाडाबाट हेलिप्याडतर्फ जाँदै गरेको मे १ त ३२४५ नम्बरको ट्याक्टटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्यक्टर चालक फुलिङ नगरपालिका(३ बस्ने १८ बर्षिय सरोज सुनुवारको तमोर अस्पताल ताप्लेजुङगमा उपचारका क्रममा मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा ट्याक्टरका परीचालक २१ बर्षिय मिलन सुनुबारको सोही अस्पतालमा उपचार भईरहेको छ ।















































