जाडोले सामुदायिक विद्यालयहरु बन्द

नयाँ बुलन्द

झापा : केहि दिनदेखि बढेको अत्याधिक चिसोका कारण जिल्लाको माइपश्चिम क्षेत्रका सामुदायिक बिद्यालयहरु आइतबारदखि माघ २ गतेसम्मका लागि विदा दिईएको छ ।

चिसो अत्यधिक बढेपछि कमल र गौरीगञ्ज गाउँपालिकाका ४५ वटा सामुदायिक विद्यालयहरु आजबाट विदा दिईएका हुन् । कमल गाउँपालिकाका स्रोत व्यक्ति केशव भट्टराईका अनुसार यस क्षेत्रका २१ वटा सामुदायिक विद्यालयहरु हिउदे विदा मिलाएर विदा दिईएको छ । मंगलमय माविको बार्षिकत्सव कार्यक्रमबाहेक यस स्रोत केन्द्रका सामुदायिक विद्यालयहरु जाडोको मौकामा हिउँदे विदा दिईएको भट्टराईले बताए ।

उता गौरीगञ्ज स्रोत केन्द्र अन्तर्गतका पनि २४ वटा सामुदायिक बिद्यालयहरु आजदेखि जाडोको विदा दिईएको जनाईएको छ । गौरीगञ्ज –१ स्थित बालकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक भोला खतिवडाले जाडो बढेपछि नियमीत पठनपाठ्नमानै समस्या भएपछि हिउदे विदा मिलाएर जाडो विदा दिईएको बताए ।

यसैगरी संस्थागत बिद्यालयहरुमा भने कतिपयमा परीक्षा भईरहेको र कतिपय परीक्षा सकिएर मात्र बिदा दिने भएकाले संस्थागत रुपमा भने बन्द नगरिएको प्याव्सन झापाका उपाध्यक्ष श्रवण पोखरेलले बताए ।

चिसो अत्यधिक बढेकोले आफ्नो ठाउँको अवस्था हेरी बिद्यालयहरु हिउदे विदा मिलाएर विदा दिन आग्रह गरिएको झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार