फाकफोकथुम गाउँपालिकाको केन्द्रका विषयमा स्थानीय आन्दोलित

नयाँ बुलन्द

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्रका विषयमा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकाका २, ६ र ७ नम्बर वडाका बासिन्दाले फाकफोकको साप्तिनलाई गाउँपालिकाको केन्द्र नबनाइ आमचोक कायम गरिएको भन्दैै आन्दोलन सुरु गरेका हुन् ।

केन्द्र कहाँ राख्ने भन्ने विषयमा छलफल नगरी जनप्रतिनिधीले आफू खुशी निर्णय गरेकाले आन्दोलन गर्नु परेको केन्द्र निर्धारण संर्घष समितिका संयोजक बम निरौलाले बताए । उनले भने, ‘गाउँपालिकाको केन्द्र साप्तिन हुनुपर्छ भन्ने हाम्रो माग हो । आमचोक केन्द्र बनाउँदा आधा भन्दा बढीलाई अपायप पर्ने भएकाले साप्तिन केन्द्र बनाउनुपर्छ भन्ने माग राखिएका हो  ।’

पुस १३ गते सम्पन्न भएको गाउँसभाबाट स्थानीय तह पुनर्संरचना जिल्ला समितिले केन्द्र साप्तिन सिफारिस गरेर पठाइएको थियो । साप्तिनमा भौतिक संरचना तत्काल नभएकाले काम चलाउको लागि आमचोक केन्द्र तोकेर पठाइएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष सरु राईले समस्या समाधान गर्न  लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब तत्काल गाउँपालिकाको कार्यकारी बैठक बसेर फित्ताले नापेरै केन्द्र निर्धारण गरी समस्या समाधान गर्नेछौँ ।’

समितिले गाँउपालिकाको अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरु राईको पुत्ला दहन गरेर आन्दोलन सुरु गरेका हुन् । केन्द्रको विषयमा व्यापक छलफल नचलाएसम्म आन्दोलनको कार्यक्रमहरु निरन्तर अगाडि बढाइने संघर्ष समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार