हात्तीले दुम्से, बाँघखोरका बासिन्दाहरु आतंकित

हात्तीले क्षति पुर्याँएको दमक-३ का आमेवहादुर बस्नेतको घर

नयाँ बुुलन्द

झापा : झापाको दमक-३ स्थित दुम्से र बाँघखोर क्षेत्रमा जंगली हात्तीको वथानले उप्रदो मच्चाउन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । हात्तीको बथानले स्थानीयबासीको घर भक्ताउनुको साथै किसानले लगाएको हिउँदे बाली नष्ट गर्न थालेपछि गाँउले आतंकित भएका हुन् ।

आज शुक्रवार मात्र त्यस क्षेत्रमा बिहानै ७ ओटा हात्तीको बथानले उप्रदो गरेको थियो । त्यस क्रममा स्थानीय ओमबहादुर बस्नेतको पक्की घरको एक पट्टीको गाह्रो भत्काईदिएको छ । यस्तै स्थानीय हेमसागर पोखरेलको धानको कुन्यु समेत हात्तीले खाइदिएको वडाध्यक्ष नविन बरालले बताए ।

हात्तीले आतंक मञ्चाउन थालेपछि बस्तीसंगै त्यस क्षेत्रमा बस्दै आएका भुटानी शरणार्थीहरु समेत त्रसित हुदैआएका छन् । बारम्बार हात्ती गाउँमा पसेर दुःख दिने थालेपछि त्यहाँका बासिन्दा हात्तीको त्रासकै कारण स्थानीय बासिन्दाहरु रातभर जाग्राम बस्न बाँध्य हुनुपरेको पीडितहरुको भनाई छ । हात्तीको बथान नजिकै रहेको हम्सेदुम्से सामुदायिक वनमा बस्ने र त्यहाँबाट साँझ विहान गाउँ पसी आतंक मञ्चाउने गरिआएको वडाध्यक्ष बरालले जानकारी दिए ।

यसअघि समेत त्यहाँ हात्तीको बथान गाउँ प्रवेश गर्दा सुरक्षाकर्मी परिचालन गरी धपाउनुपरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार