नयाँ बुलन्द
झापा : झापाको दमक-८ स्थित कञ्चनजंघा बहुउद्देयीय सहकारी संस्थाले गौरादहमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले सेवा केन्द्र विस्तार गर्ने क्रममा गौरादहको डिपु चौकमा कार्यालय स्थापना गरी गौरादहका आफना शेयर सदस्यहरुलाई सेवा दिन थालेको व्यवस्थापक निलकण्ठ निरौलाले बताए ।
उक्त सेवा केन्द्रको एक कार्यक्रमकावीच झापा क्षेत्र नं. ५ (क) का प्रदेश सभा सदस्य हिक्मत कार्कीले उद्घाटन गरे । संस्थाले गौरादहमा शाखा विस्तार गरि सदस्य विस्तार, शिक्षा, तालिम, भ्रमण, बचत संकलन, कर्जा लगानीको क्षेत्रमा काम गर्ने संस्थाका गौरादह व्यवस्थापक स७३घढसवास निरौलाले जानकारी दिए ।
गौरादहमा हालसम्म ६ वटा सहकारी संस्था रहेको र ४ वटा संस्थाको सेवा केन्द्र रहेका छन् ।
संस्थाका अध्यक्ष मणीकुमार भण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ क्षेत्रीय समन्वय समिति संयोजक फणिन्द्रराज दाहाल, नमस्ते सहकारी संस्था गौरादहका अध्यक्ष निर्मल बास्तोला, नेकपा एमाले जिल्ला कमिटि सचिव मदन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले यसअघि शिवसतासीको डुडाँमारीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।