बटुकलाई लायन्स सेविकाको स्वेटर

नयाँ बुलन्द

झापा : लायन्स क्लब अफ सेविका दमकले शुक्रवार दमक -४ स्थित बशिष्ठ संस्कृत गुरुकुल बिद्यापीठमा अध्ययनरत बटुकहरुलाई स्वेटर वितरण गरेको छ ।

भट्टराई कुल वंश प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी क्लबले बिद्यापीठमा अध्ययनरत ३२ जना बटुकहरुलाई स्वेटर वितरण गरेको हो । लायन्स क्लब अफ
सेवीकाका अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षता तथा बिद्यापीठका संस्थापक अध्यक्ष शेरबहादु र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका
अजय अग्रवाल, डाक्टर प्रहर क्षेत्री, पत्रकार बिष्ण७३घढस पोखरेल लगायतले लायन्स सेविकाको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

पूर्वाञ्‍चलमै पहिलो र हाल सम्मको एक मात्रै महिला लायन्सले स्थापनाको छोटो समयमानै सामाजिक काम गर्न सफल भएको भन्दै लायन्स सेविकाको प्रंशसा गरेका थिए ।

पाणिनीका विद्यार्थीलाई स्वेटर

दमक-९ मा रहेको पाणिनी माविका ४२ जना विपन्न, दलित, आदिवासी जनजाति बिद्यार्थीलाई पनि न्यानो कपडा स्वेटर बितरण गरिएको छ । सम्भव नेपाल
काठमाण्डौं र पाणिनी माविकी शिक्षिका द७३घढसर्गा खनाल काफलेको सक्रियतामा बिद्यार्थीहरुलाई स्वेटर बितरण गरिएको हो । ती स्वटेर दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले स्वीटर वितरण गरिन् ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कैलाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम भण्डारीले कार्यक्रमको विषयमा जानकारी दिएका थिए ।

यसैगरि दमक-९ कै सरस्वती माविमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई दमक–८ स्थित त्रिवेणी अपाङ बह७३घढसउद्देश्यीय सहकारी संस्थाले न्यानो टोपी वितरण गरेको छ । लुईच ब्रेल दिवसको अवसर पारेर संस्थाले त्यहाँ अध्ययनरत १३ जना दृष्ट्रिविहीन विद्यार्थीलाई टोपी वितरण गरिएको संस्थाकी अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार